घट्यो हिमालयन बैंकको नाफा, पहिलो त्रैमासमा ३६ करोड ५९ लाख कमायो « Arthapath.com
२८ कार्तिक २०७७, शुक्रबार

घट्यो हिमालयन बैंकको नाफा, पहिलो त्रैमासमा ३६ करोड ५९ लाख कमायो



काठमाडौं । हिमालयन बैंकको नाफामा गिरावट आएको छ । यस आवको पहिलो त्रैमासमा कोरोनाको कारण हिमालयन बैंकको नाफामा गिरावट आएको हो ।

बैंकले यसै आवको पहिलो त्रैमासमा ३६ करोड ५९ लाख १४ हजार खुद नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंकले ६९ करोड ४२ लाख कमाएको थियो । यसरी हेर्दा हिमालयन बैंकले कोरोनाको कारण ३२ करोड ८३ लाख नाफा घटेको हो ।

बैंकको नाफा गत आवको तुलनामा ४७.२९ प्रतिशतले कमी आएको हो । हिमालयन बैंकको खुद ब्याज आम्दानी घटेका कारण नाफामा भारी गिरावट आएको हो । बैंकको वितरण योग्य मुनाफा ६२ लाख ६२ हजार मात्र छ ।

९ अर्व ३७ करोड चुत्ता पुँजी भएको हिमालयन बैंकको बैंकको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड ९७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा २ अर्ब ५० करोड ४६ लाख राख्न सफल भएको छ । पहिलो त्रैमासमा बैंकको निक्षेप १२ खर्ब ५२ अर्बबाट बढाएर १२ खर्ब ८८ अर्ब प्र्याउन सफल भएको छ । उत बैंकको कर्जामा भने घटेको छ ।


प्रतिक्रिया दिनुहोस्