पहिलोपटक नविल बैंकको साधारणसभामा मर्जर प्रश्ताव, युनाइटेड फाइनान्ससंग होला त मर्जर ? « Arthapath.com
८ पुष २०७७, बुधबार

पहिलोपटक नविल बैंकको साधारणसभामा मर्जर प्रश्ताव, युनाइटेड फाइनान्ससंग होला त मर्जर ?



काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक नविल बैंकले पहिलोपटक मर्जरमा जाने प्रश्ताव साधारणसभाको एजेण्डा बनाएको छ । नविल बैंककले पुष २९ गते साधारणसभा बोलाएको छ ।

आफैमा बलियो रहेको नविल बैंकको लागी मर्जर जरुरी छैन भन्ने बुझाइबाट अव बैंक मुक्त देखिएको छ । प्रतिस्प्रर्धी बजारमा आफुलाई अव्वल बैंक बनाइराख्न नविल माथी अवसर रहेको छ । पहिलोपटक मर्जर÷अक्वीजिसन संबन्धी प्रश्ताव आएपछि मर्जर नविलको लागी आवश्यक र अवसर भएको छ ।

लामो समयदेखि नीतिगत प्रोत्साहन र व्यवहारिकरुपमा दवाव दिँदै आए पनि मर्जरमा जान आनाकानी गरिरहेको नविल बैंक अन्तत मर्जरमा जान तयार भएको छ । बैंकले बुधबार ३६औं साधारणसभा सम्बन्धी सूचना निकालेको छ । सो सूचनाको बुँदा नं. ५ मा उपयुक्त बैंक वित्तिय संस्थासंग मर्जर÷अक्वायर गर्ने भन्ने उल्लेख गरेको छ । मर्जर तथा अक्वायर गर्न साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

नेपाल राष्ट्र बैंकले क्रस होल्डिङबाट मर्जर गराउन पहिलो पहल रहने अपेक्षाले नविल बैंकले चौधरी ग्रुपकै होल्डिङ रहेको युनाइटेड फाइनान्स मर्जर गर्ने संभावना छ । हाल नविल बैंक विनोद चौधरीको होल्डिङ रहेको बैंक हो । अर्को चौधरीकै लगानीमा अर्को ग वर्गको वित्तिय संस्था युनाइटेड फाइनान्स रहेको छ । यी दुई संस्थाको मर्जर भएमा आपत्ति मन्नुपर्ने अवस्था छैन । यद्येपी युनाइटेड फाइनान्स पनि बैदेशिक रणनितिक साझेदार रहेको छ । युनाइटेड फाइनान्समा भारतको सवल मुटुथ फाइनान्सको २० प्रतिसत लगानी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्