नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
२१ पुष २०७७, मंगलवार

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पुस २२ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको पुस १० गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ३४ औं वार्षिक साधारण सभा माघ ८ गते, बिहीबार, बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुने छ ।

आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्