नबिल बैंकको ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित « Arthapath.com
२९ पुष २०७७, बुधबार

नबिल बैंकको ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित



काठमाडौं । नबिल बैंकको ३६ औं साधारण सभा सम्पन्न भएको छ । आज बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बसेको ३६ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार साधारण सभामा पेशगरेअनुसार आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६∞ लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।यसै साधारण सभाबाट सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्विरोध निर्वाचित हुनु भएकोछ ।

आ.व. २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ३ अर्ब ४६ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ३७ अर्ब पु¥याएको छ ।समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको शेयर पुजी यस बर्ष १३ अर्ब ४८ करोड नाघेको छ ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्