एनआईसी एशिया बैंकको १९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत « Arthapath.com
४ माघ २०७७, आईतवार

एनआईसी एशिया बैंकको १९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको मंसिर २१ गते सम्पन्न भएको २३ औं वार्षिक साधारण सभाद्वारा पारित गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस शेयर (१ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार सुचीकृत भएको छ ।

उक्त बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी रू ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ । साथै बोनस शेयर धितोपत्रको दोस्रो बजारमा २०७७/१०/०५ देखि कारोबार गर्न मिल्ने गरी सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाइनेछ बैंकले जनाएको छ ।

बैंकले मुलुकभर रहेका ३३९ शाखा कार्यालयहरू, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्