राष्ट्र बैंकले ५६ अर्बको आन्तरिक ऋण उठाउने « Arthapath.com
९ माघ २०७७, शुक्रबार

राष्ट्र बैंकले ५६ अर्बको आन्तरिक ऋण उठाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी ४ महिनामा ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७७।०७८ को दोस्रो चौमासिक अवधिमा निष्काशन गरिने आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

बैंकद्वारा जारी सूचनाअनुसार राष्ट्र बैंकले बोलकबोलबाट निर्धारण हुने गरी यही माघ १३, २० र २७ गते गरी कूल १३ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन तथा बिक्री गर्नेछ । त्यस्तै, बैंकले बोलकबोलबाट निर्धारण हुने यही माघ २१, १४ गते र फागुन १२ र १९ गते ४० अर्ब रुपैयाँ बराबरको बिकास ऋणपत्र निष्काशन गर्ने तालिकामा उल्लेख छ भने दुई अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र बिक्री गर्नेछ ।

चालु आर्थिक बर्षभित्रमा दुई खर्ब २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको राष्ट्र बैंकले पहिलो चौमासमा ५७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाई सकेको छ । बैंकले ट्रेजरी बिल तथा विकास ऋणपत्रमार्फत सो ऋण उठाएको हो ।

दोस्रो चौमासमा ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएपछि राष्ट्र बैंकले चालु आवको तेस्रो चौमासमा पनि एक खर्ब १२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्