सेयर बजार बढेसंगै बैंकको सेयर धितोकर्जा बढ्यो, ३५ अर्वले बढ्यो सेयर कर्जा « Arthapath.com
२६ माघ २०७७, सोमबार

सेयर बजार बढेसंगै बैंकको सेयर धितोकर्जा बढ्यो, ३५ अर्वले बढ्यो सेयर कर्जा



काठमाडौं । अहिले सेयर बजार निरन्तर उकालो लागिरहेको छ । बजार निरन्तर उकालो लाग्न थालेपछि बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा प्रवाह बढाएका छन् । कोरोनाको कारण अन्य क्षेत्रमा कर्जाको डिमाण्ड नभएपछि बैंकहरुले सेयर बजारमा लगानी बढाएका हुन ।

अहिले पनि सेयर कर्जाको डिमाण्ड बढिरहेको छ । बैंकहरुले पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामध्ये सेयर धितोमा कर्जा (मार्जिन प्रकृतिको) धेरैले बढ्नुले पनि यो पुष्टि हुन्छ ।

गत मंसिरसम्म बैंक तथा वित्तीय संस्थाले ७५ अर्ब ५ करोड रुपैयाँ सेयर धितोमा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा करिब ३४.६ प्रतिशत बढेको हो ।

२०७६ मंसिरमा बैंक तथा वित्तीय संस्थाले ६५ अर्ब ६१ करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए । चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) यो क्षेत्रमा कर्जा विस्तार उल्लेख्य भएको देखिन्छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा यस्तो कर्जा १.८ प्रतिशतले घटेको थियो ।

चालु आर्थिक वर्षको पाँच महिनासम्म व्यक्तिगत ओभरड्राफ्ट कर्जा पनि ६.८ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा २.१ प्रतिशत बढेको थियो । व्यक्तिगत ओभरड्राफ्ट शीर्षकमा प्रवाह भएको अधिकांश कर्जा पनि सेयर बजारमा गएको बताइएको छ । यो शीर्षकमा प्रवाह भएको कर्जाको प्रयोजन खुलाइएको हुँदैन । यसकारण बजार बढेसँगै व्यक्तिगत ओभरड्राफ्ट कर्जा पनि वृद्धि भएकाले धेरै रकम सेयर बजारमा गएको रूपमा विश्लेषण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्