२ डेपुटी गभर्नरको लागी ढकाल, भट्ट, ढुङ्गाना र श्रेष्ठ सिफारिस, कसले मार्ला बाजी ? « Arthapath.com
२० फाल्गुन २०७७, बिहीबार

२ डेपुटी गभर्नरको लागी ढकाल, भट्ट, ढुङ्गाना र श्रेष्ठ सिफारिस, कसले मार्ला बाजी ?



काठमाडौं । नेपाल राष्ट्र बैंकमा २ डेपुटी गभर्नरको कार्यकाल गत मंगलबार सकिएको थियो । बर्तामान सरकार धर्मराइरहेको अवस्थामा सरकारले चाडो डेपुटी गभर्नर नियुक्ती प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंक स्रोतका अनुसार मंगलबार कार्यकाल सकिएको डेपुटी गभर्नरको लागी बुधबारसाँझनै सिफारिस भएको बुझिएको छ ।

उता अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेल आफ्नो गृह जिल्ला बुटवलमा रहेका छन । उनि भोली मात्रै फर्किन पुर्वनिर्धारित कार्यक्रम रहेको छ । आजै प्रधानमन्त्रीले मन्त्रीपरिषद बैठक बोलाएका छन । आगामी आइतबार २३ गते संसद पुर्नस्थापित पहिलो बैठक बस्ने तयारी छ । सो बैठकमा नेकपाकै प्रचण्ड माधव समुहले अविश्वासको प्रश्ताव ल्याउने तयारी पनि छ । सोही कारणले सरकारले डेपुटी गभर्नरको नियुक्ती छिट्टै गर्ने तयारीमा छ ।

राष्ट्र बैंकमा पाँच वर्षे कार्यकाल पूरा गरी डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ विदा भएपछि नयाँ डेपुटी गभर्नरका लागि ४ जनाको नाम सिफारिस गरिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नयाँ डेपुटी गभर्नरका लागि ४ जनाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । डेपुटी गभर्नरको लागी गभर्नरले लागि ४ जनाको नाम अर्थमन्त्री समक्ष सिफारिस गरेको स्रोतले बताएको छ । मन्त्री परिषद समक्ष सिफारिस गरेका हुन् ।

नयाँ डेपुटी गभर्नरका लागि राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, अर्थमन्त्रीका आर्थिक सल्लाहकार तथा राष्ट्र बैंकको कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ, प्रवक्ताको भुमिकामासमेत रहेका डा. गुणाकर भट्ट र राष्ट्र बैंक अनुशन्धान विभागको कार्यकारी निर्देशक डा. निलम ढुङ्गाना तिम्सिनाको नाम सिफारिस भएको छ ।

गभर्नरले सिफारिस गरेको ४ जनाबाट मन्त्रिपरिषद्ले ५ वर्षे कार्यकालका लागि दुई डेपुटी गभर्नरको नियुक्ति गर्नेछ । नयाँ नियुक्त हुने डेपुटी गभर्नर भविष्यमा गभर्नरको दावेदार पनि हुन् ।


प्रतिक्रिया दिनुहोस्