विराटनगरको इ–रिक्सामा सनराइज बैंकको क्यूआरबाट भाडा भुक्तानी सेवा « Arthapath.com
२४ चैत्र २०७७, मंगलवार

विराटनगरको इ–रिक्सामा सनराइज बैंकको क्यूआरबाट भाडा भुक्तानी सेवा



काठमाडौं । सनराइज बैंकले विराटनगरको टेम्पो/इ–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । उक्त सेवाको शुभारम्भ विराटनगरको बरगाछी स्थित केशरीचन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट यस बैंकका प्रदेश १ का प्रमुख विवेक निरौलाले गर्नुभएको हो । प्रथम चरणमा ७० वटा टेम्पो/इ–रिक्सामा क्यूआर वितरण गरी कार्यक्रम सम्पन्न भएको छ ।

टेम्पो तथा इ–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्नेछन् ।

नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ताहरु यो नबिन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि सनराइज बैंकले क्यूआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ । यसै सिलसिलामा बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालगंज विमानस्थलको ट्याक्सीहरुमा, त्रिनगर कृषि हाटबजार–धनगढी, दक्षिणकाली मन्दिर परिसरको बजार, काठमाण्डौं लगायत देशभरीका विभिन्न ठाउँमा क्यूआर कोड भुक्तानीको व्यवस्था गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्