कृषि विकास बैंकको सूचकमा सुधार, २ अर्ब ७ करोड रुपैयाँ नाफा आर्जन, चुक्ता पूँजी १५ प्रतिशत बढ्यो
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ७ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा २ अर्ब ४ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३९ प्रतिशतले बढी नाफा आजर्न गरेको हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.५३ प्रतिशत बढेर ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २१.४९ प्रतिशत घटेर १ अर्ब १४ करोड ३३ लाख रुपैयाँमा सिमित भएको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा २.२९ प्रतिशत बढेर २ अर्ब ९३ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ ।
यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १ अर्ब २५ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको थियो ।
बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३७ पैसा घटेर २५ रुपैयाँ १५ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २०.०५ गुणा रहेको छ र प्रतिशेयर नेटवर्थ २६ रुपैयाँ ८२ पैसा रहेको छ ।
बैंकको चुक्ता पूँजी १५ प्रतिशत बढेर १० अर्ब ९८ करोड ९९ लाख रुपैयाँ, जगेडा कोष ४.९१ प्रतिशत बढेर १४ अर्ब १४ करोड २९ लाख रुपैयाँ, निक्षेप १.२१ प्रतिशत बढेर १ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँ र कर्जा १९.७७ प्रतिशत बढेर १ खर्ब ४५ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।














