एसियन लाइफको एक लाख ६६ हजार कित्ता शेयर लिलाममा विक्री गदै महालक्ष्मी विकास बैंक « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

एसियन लाइफको एक लाख ६६ हजार कित्ता शेयर लिलाममा विक्री गदै महालक्ष्मी विकास बैंक



काठमाडौँ । महालक्ष्मी विकास बैंकको आफ्नो स्वामित्वमा रहेको एसियन लाइफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको छ । बैंकले आफनो स्वामित्वमा रहेको शेयर यहि वैशाख २६ गते लिलाम बिक्री गर्न लागेको लिलाम बढाबढको सूचना प्रकाशित गरेर जनकारी दिएको छ ।

उक्त शेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्यूनतम ६९८ रुपैयाँ आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नसक्ने कम्पनिले जारी गरेको लिलाम बढाबढको सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी, शेयर लिलामी बिक्री खरिद गर्नेका लागि विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन जेठ ९ गतेसम्म पेश गर्न सक्नेछन् । लगानीकर्ताले खरिद गर्न चाहेमा न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता आवेदन दिइ लिलामी बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा पेश पर्नुपर्ने उक्त सुचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्