बाणिज्य बैंकहरूकाे बोनश: प्राइमका कर्मचारीलाई सबैभन्दा फाइदा, सेञ्चुरीकालाई घाटा, यस्तो छ बोनसदर « Arthapath.com
२३ बैशाख २०७८, बिहीबार

बाणिज्य बैंकहरूकाे बोनश: प्राइमका कर्मचारीलाई सबैभन्दा फाइदा, सेञ्चुरीकालाई घाटा, यस्तो छ बोनसदर



काठमाडौं । कर्मचारीलाई बोनश सुविधा दिनेमा प्राइम बैंक सबैभन्दा अगाडी देखिएको छ । बैंकले आफ्ना कर्मचारीलाई तलव सुविधाको ६१ प्रतिशतसम्म बोनश सुविधा दिएको छ । बैंक तथा वित्तीय संस्थाले खुद नाफाको १० प्रतिशत रकम कर्मचारीलाई बोनशको रुपमा वितरण गर्नुपर्ने हुन्छ ।

बोनश भनेको कर्मचारीको कार्यकुशलतालाई गरिने नैतिक सम्मान पनि हो । यसले कुनै पनि कम्पनीका कर्मचारीलाई संस्थाको हित र मुनाफा बृद्धिमा अझै बढी प्रयत्नशील बनाउन मद्दत गर्छ ।
कर्मचारी खर्चमा पनि प्राइमले कञ्जुस्याईँ गरेको देखिन्न ।

अत्यन्त ठूलो कारोबार र सञ्जाल भएका नबील, ग्लोबल आईएमई, राष्ट्रिय बाणिज्य बैंक, एनआईसी एसिया र नेपाल इन्भेस्टमेण्टपछि सर्वाधिक कर्मचारी खर्च गर्ने बैंक प्राइम नै हो । तुलनात्मक रुपमा सानो सञ्जाल र न्यून कारोबारका बाबजुत पनि यो बैंकले कर्मचारीको हितका लागि बढी स्रोत परिचालन गरेको देखिन्छ ।

बोनशका हिसाबले प्राइमपछि दोस्रो रोजाइमा छ नेपाल इन्भेष्टमेण्ट । तुलनात्मक रुपमा यो बैंकमा कर्मचारीको तलव सुविधा कम भए पनि ५९ प्रतिशतभन्दा बढी बोनश दिएर इन्भेस्टमेण्टले प्राइमलाई पछ्याइरहेको छ । नेपाल बंगलादेश, सानिमा र सिटिजन्सजस्ता बैंकले पनि कर्मचारी खर्चमा कमैमात्र पैसा खर्चने भए पनि बोनश दरमा भने अरु बैंकलाई पछि पारेका छन् । यी बैंकले कुल कर्मचारी खर्चको ३७ देखि ३९ प्रतिशतसम्म बोनश छुट्याएका छन् ।

ठूलो बैंक, धेरै कर्मचारी र निकै दबाबपूणर् व्यवसायिक लक्ष्यका कारण कर्मचारीको अधिकतर उत्पादकत्व लिइरहेको एनआईसी एसियाले भने औसतभन्दा पनि कम बोनश दिने क्षमता राख्छ । बाणिज्य बैंकहरुको औसत बोनश दर साढे २७ प्रतिशत छ । सुरुका ६ वटा बाहेक एनएमबी, मेगा, ग्लोबल आईएमई, स्ट्याण्डर्ड चार्टर्ड, राष्ट्रिय बाणिज्य र नेपाल बैंकले औसतभन्दा बढी बोनश दिनसक्छन् ।

एनआईसी एसियासँगै एभरेस्ट, लक्ष्मी, सिद्धार्थ, एनसीसी, बैंक अफ काठमाण्डू, प्रभु, कुमारी, हिमालयन, सनराइज, माछापुच्छ्रे, कृषि विकास, नेपाल एसबीआई, सिभिल र सेञ्चुरी बैंकले भने औसतभन्दा कम बोनश दिने छन् । बोनशको हिसाब गर्ने कर्मचारकिा लागि सेञ्चुरी बैंक सबैभन्दा खराब कम्पनी हो । यो बैंकको बोनश दर कुल कर्मचारी खर्चको ९ प्रतिशतभन्दा पनि कम छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्