एनआईबिएल समृद्धि फण्ड–२ को बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबिएल एस क्यापिटलले निस्काशन गरेको “एनआईबिएल समृद्धि फण्ड–२” को आज शुक्रबार बाँडफाँड भएको छ ।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको “एनआईबिएल समृद्धि फण्ड–२” योजनाको १० अङ्कित दरको बाह्र करोड इकाईहरु बैसाख १३ गतेदेखि बैसाख १६ गतेसम्म सार्वजानिक रुपमा विक्री खुला गरेको थियो । सो फण्डमा आवश्यकता भन्दा अधिक इकाईहरुको लागि आवेदन प्राप्त भएको थियो ।
सर्वसाधारण आवेदकहरुबाट कुल ६७,०७६ आवेदन फाराम मार्फत जम्मा १५,६३,०३,९९० इकाईको लागि आवेदन प्राप्त भएकोमा ६४,५१४ आवेदन फाराम मार्फत जम्मा १४,५२,९५,४०० इकाईका लागि रितपूवक आवेदन प्राप्त भएकोे र कुल २,५६२ आवेदन फाराम मार्फत जम्मा १,१०,०८,५९०, इकाईको लागि रितपूर्वक आवेदन प्राप्त नभएकोले रद्ध गरिएको र रितपूवक आवेदन प्राप्त भएकोे मध्येबाट कुल ३३ आवेदन मार्फत जम्मा १६,६३० इकाईको लागि प्राप्त आवेदन दोहोरो परेकोले अयोग्य ठहरिएको जानकारी गरिन्छ ।
नतिजा हेर्नका लागि तल उल्लेखित लिंकमा जानुहोस् ।
Link:- https://result.niblcapital.com/#/ipo-result

योजनाको कुल आकार १,५०,००,००,००० को जम्मा २० प्रतिशत बीज पूँजीको रुपमा लगानी गर्नु पर्ने रकम ३०,००,००,००० रकम मध्ये रु.२९,००,००,००० रकम बराबरको २,९०,००,००० इकाई कोष प्रबद्र्धक नेपाल इनभेष्टमेण्ट बैंक लिमिटेड, रु.१,००,००,००० रकम बराबरको १०,००,००० इकाई योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा सर्वसाधारणहरुलाई बाँडफाँट गर्नु पर्ने जम्मा १२,००,००,००० इकाईहरु ६४,४८१ जना सर्वसाधारणहरुलाई गरी कुल ६४,४८३ जना आवेदकहरुलाई जम्मा १५,००,००,००० (पन्ध्र करोड) इकाई संलग्न भएको छ ।