भीडभाड हुने बैंक शाखा दिनभर खोल्न बैंकर्स संघको आग्रह « Arthapath.com
२९ बैशाख २०७८, बुधबार

भीडभाड हुने बैंक शाखा दिनभर खोल्न बैंकर्स संघको आग्रह



काठमाडौं । कतिपय बैंक शाखामा भीडभाड बढेपछि सामान्य समयमा जस्तै दिनभर बैंक शाखा खोल्न नेपाल बैंकर्स संघले आग्रह गरकोे छ । निषेधाज्ञाको समयमा एक चौथाइ कर्मचारीले शाखा सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो । यस्तो निर्देशनको पालना गर्दा अधिकांश बैंक शाखामा २–३ जना मात्रै कर्मचारी उपलब्ध हुने अवस्था आएको छ ।

थोरै कर्मचारी भएपछि कतिपय बैंक शाखामा सेवाग्राहीको भीड बढ्न थालेको बैंकर बताउँछन् । नेपाल बैंकसं संघका अध्यक्ष भुवन दाहालले भने, ‘हामीले जिल्ला प्रशासन कार्यालयलाई कम्तिमा एक साता मान्छे बाहिर निस्कनै नदिने व्यवस्था गर्न भनेका थियौं । मान्छेलाई हिँड्न चाहीँ दिने, बैंकमा कर्मचारी चाहीँ घटाउन भन्ने प्रबृत्तीले झनै जोखिम बढाउने संभावना हुन्छ ।’

तर बैंकरको प्रस्तावमा प्रशासकहरु तयार नभएपछि कतिपय बैंक शाखामा लामो लाइन देखिन थालेको बैंकर बताउँछन् । दिनमा दुई घण्टामात्रै बैंक खोल्दा सेवाग्राहीको भीड बढेपछि दिनभर खोल्ने प्रबन्ध मिलाउन सदस्य बैंकहरुलाई भनिएको बैंकर्स संघले जनाएको छ ।

राष्ट्र बैंकले कर्मचारी घटाउन निर्देशन दिएको भए पनि शाखा खोल्ने समयका बारेमा केही नभनेकाले यसो गर्न सजिलो हुने बैंकरको बुझाइ छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्