महालक्ष्मी विकास बैंक २७ औं वर्षमा, महालक्ष्मी स्मार्ट बैंकिङ प्रयोग गर्दा रु १०० क्यास पाइने « Arthapath.com
७ जेष्ठ २०७८, शुक्रबार

महालक्ष्मी विकास बैंक २७ औं वर्षमा, महालक्ष्मी स्मार्ट बैंकिङ प्रयोग गर्दा रु १०० क्यास पाइने



काठमाडौं । महालक्ष्मी विकास बैंकले २७ औं बार्षिक उत्सव मनाएको छ । बैंक स्थापनाको २७ वर्ष पुगेको अवसरमा बैंकले महालक्ष्मी स्मार्ट योजना ल्याएको छ ।

बैंकले कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत हालसम्म महालक्ष्मी बैंकको मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुले जेष्ठ ७ गते देखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकको तर्फबाट १०० प्राप्त गर्न सक्नेछन् ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस, क्वीआरकोडलगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गर्न आग्रह गरेको छ । विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु र अरुलाई सुरक्षित राख्न बैंकले अनुरोध गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्