तारा मानन्धरले छोडे प्राइम बैंक, मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा नियुक्त « Arthapath.com
१० जेष्ठ २०७८, सोमबार

तारा मानन्धरले छोडे प्राइम बैंक, मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा नियुक्त



काठमाडौं । प्राइम कमर्सियल बैंकका एजिएम रहेका तारा मानन्धरले बैंक छाडेका छन । मानन्धरले प्राइम बैंक छाडेको ४ दिन भएको छ ।

कैलाश विकास बैंकको डेपुटी सीईओ रहेका मानन्धर कैलाश बैंकलाई प्राइम बैंकले अक्वायर गरेपछि उनि प्राइममा सहायक महाप्रवन्धक भएका थिए ।

कैलाश विकास बैंक आउनुअघि मुक्तिनाथ र प्रभु बैंकको डेपुटी सीईओ भैसकेका मानन्धरको दुई दसकभन्दा बढी बैंकिङ अनुभव रहेको छ ।

मानन्धर दुबईको मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा ज्वाइन गरेका छन । मश्रेक बैंकको नेपाल प्रतिनिधि हेमा अधिकारी रहेकी छिन । अधिकारी पछि मानन्धर सेकेण्डम्यानमा ज्वाइन गरेका हुन ।

मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधि रहेका पृथ्वी श्रेष्ठको गत माघमा कोरोनाको कारण निधन भएपछि खाली रहेको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्