मर्जरको पाइपलाइनमा २३ बैंक तथा वित्तीय संस्था, केहीको मर्जर भाँडियो, कुन कम्पनी कोसँग मर्ज हुँदैछन् ? « Arthapath.com
५ आश्विन २०७८, मंगलवार

मर्जरको पाइपलाइनमा २३ बैंक तथा वित्तीय संस्था, केहीको मर्जर भाँडियो, कुन कम्पनी कोसँग मर्ज हुँदैछन् ?



काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संसथाहरु मर्जरको पाइपलाइनमा रहेका छन् । प्रारम्भिक रुपमा सम्झौता गरेका केही बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छन् भने केहीले पाउन बाँकी रहेको छ । मर्जर प्रक्रियामा रहेको विभिन्न संस्थाहरुमा २ वटा वाणिज्य बैंक रहेका छन् । त्यस्तै, २ वटा विकास बैंकले पनि मर्जरको अन्तिम तयारीमा रहेका छन् भने अन्य सबै लघुवित्त संस्थाहरु मर्जरका लागि प्रक्रियामा रहेका हुन् ।

१. हिमालयन र इन्भेष्टमेन्ट बैंक

वाणिज्य बैंकहरुको इतिहासमा हालसम्म कै बिग मर्जरको तयारीमा रहेका हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकलाई राष्ट्र बैंकलाई लेटर अफ इन्ट्रेस्ट (एलओआई) दिईसकेको छ । राष्ट्र बैंकले जेठ २० गते नै सैद्धान्तिक स्वीकृति दिईसकेको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बैशाख ३० गते मर्जर सम्झौता भएको थियो ।

२. गरिमा विकास बैंक र सहारा विकास बैंक

गरिमा विकास बैंक र सहारा विकास बैंक पनि मर्जरको अन्तिम तयारीमा रहेका छन् । राष्ट्र बैंकले मर्जर प्रक्रियाका लागि अन्तिम स्वीकृति दिईसकेको छ भने यी दुबै बैंकको आफ्नो वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरिसकेको छ । यी दुबै बैंक प्राप्ति प्रक्रियापछि बैंकको नाम ‘गरिमा विकास बैंक लिमिटेड’ नै हुने प्रस्ताव पनि पारित गरिसकेका छन् । दुबै बैंक १ः१ सेयर स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् ।

३. धौलागिरी लघुवित्त र आँधीखोला लघुवित्त

डेढ बर्षदेखि मर्जरको पाइपलाइनमा रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्थाको मर्जर प्रक्रिया नै भाँडिएको छ । विगत डेढ बर्षदेखि मर्जर प्रक्रियामा रहेको यी दुवै संस्था अन्तिम समयमा आएर मर्जर प्रक्रिया तोडिएको हो ।

४. मिर्मिरे लघुवित्त र श्रृजनशील लघुवित्त

मिर्मिरे लघुवित्त वित्तिय संस्था र श्रृजनशील लघुवित्त मर्जर प्रक्रियामा रहेका छन् । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त र सिराहको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त संस्था गाभ्ने–गाभिने विषयमा २०७७ असोज १२ गते सोमबार सम्झौता भएको थियो ।

५. समाज लघुवित्त र स्वस्तिक लघुवित्त

विगत १ बर्षदेदेखि मर्जर प्रक्रियामा रहेको समाज र स्वस्तिक लघुवित्त मर्ज नहुने भएको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्ज हुने सम्झौता भएपनि वार्षिक साधारण सभाले त्यसलाई अस्वीकृत गरेपछि मर्जर प्रक्रिया नै तोडिएको हो ।

६. डिप्रोक्स लघुवित्त र नाडेप लघुवित्त

डिप्रोक्स लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्था पनि मर्जरका लागि तयारीमा रहेका छन् । गत पुष १५ गते यी दुई संस्थाबीच प्रारम्भिक समझदारी एमओयू पत्रमा हस्ताक्षर भएको थियो । राष्ट्र बैंकले पनि एलओआई दिईसकेको छ ।

७. बिजया लघुवित्त र खप्तड लघुवित्त

बिजया लघुवित्त र खप्तड लघुवित्तबीच पनि प्रारम्भिक सम्झौता भएको १ बर्ष पुगेको छ । बिजया लघुवित्त र खप्तड लघुवित्तको मर्जरलाई राष्ट्र बैंकले दिएको स्वीकृति रद्द गरिसकेको छ ।

८. नेपाल सेवा लघुवित्त र वीन लघुवित्त

नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तिय संस्था एक आपसमा गाभिने भएका छन् । दुई लघुवित्तबीच एक आपसमा गाभिने सम्झौता पत्रमा पुष १ गते हस्ताक्षर गरेका थिए ।

९. आरम्भ लघुवित्त र बिपिडब्लु लघुवित्त र देउराली लघुवित्त

आरम्भ चौतारी लघुवित्तले यसअघि सीआईसी लघुवित्त र शालिग्राम लघुवित्तलाई प्राप्ति गर्न प्रारम्भिक सम्र्झाता भएको थियो तर उक्त सहमति रद्द भैसकेको छ । त्यसैले अब आरम्भ चौतारी लघुवित्तले बिपिडब्लु लघुवित्त र देउराली लघुवित्तलाई प्राप्ति गर्ने भएको हो ।

१०. युनिक नेपाल लघुवित्त र घोडाघोडी लघुवित्त

घोडाघोडी लघुवित्त वित्तीय सस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएका छन् । मर्जर प्रस्ताव पारित गर्न घोडीघोडा लघुवित्तले विशेष साधारण सभा समेत बोलाएको छ । दुवै संस्थाबीच गत कार्तिक २१ गते गाभिने सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड १ः०.५० को अनुपातमा मर्ज हुन लागेका हुन् ।

११. वोमी लघुवित्त र सूर्याेदय लघुवित्त

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदौ १५ गते मर्जरसम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । यी दुबै संस्थाबीच मर्जर प्रक्रिया शुरु भईसकेको छ । अब यी दुवै संस्थाले चालु आवभित्रै एकिकृत कारोबार गर्ने गरि मर्जरको प्रक्रिया अगाडि बढाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्