अर्थमन्त्रीको दबाबमा हिमालयन बैंकको अध्यक्ष बने प्रचण्डमान, मर्जर प्रक्रिया के होला ?

काठमाडौँ । हिमालयन बैङ्कको रिक्त अध्यक्ष पदमा सञ्चालक प्रचण्डमान श्रेष्ठ नियुक्त भएका छन् ।
बुधवार बसेको ४११औँ सञ्चालक समिति बैठकले प्रचण्डमानलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । यसअघि १२ वर्ष बैङ्कको अध्यक्ष बनेका मनोजबहादुर श्रेष्ठ प्रचण्डमानका दाजु हुन् । मनोजले यसअघिकै भाइलाई अध्यक्ष बनाउन चाहेका थिए ।
कर्मचारी संचय कोषका प्रशासक रहेका तुलसीप्रसाद गौतम अध्यक्षबाट हटेसंगै रिक्त रहेको अध्यक्षमा श्रेष्ठ नियुक्त भएका हुन । गौतमलाई कोषले प्रतिनिधिमा परिवर्तन गरेसंगै अध्यक्ष पद खाली रहेको थियो । कोषको तर्फबाट जितेन्द्र धिताल संचालक रहेका छन् ।
मनोज राष्ट्र बैङ्कको निर्देशन अनुसार २ कार्यकालभन्दा बढी सञ्चालक समितिको अध्यक्ष बनेकाले बाहिरिएका थिए । मनोजको ठाउँमा प्रचण्डमान श्रेष्ठ नियुक्त भएका हुन् । मर्जरप्रति नकारत्मक रहेका मनोजबहादुरका कारण इन्भेष्टमेन्टसंगको मर्जरबारे आसंका उव्जिएको छ ।
माओवादी निकट रहेका मनोजबहादुरले सरकार परिवर्तन लगत्यै आफै अध्यक्ष बन्न लागिपरेका थिए । पूर्व अर्थमन्त्री एवम् माओवादी नेता वर्षमान पुनसँग नजिक रहेका मनोजबहादुर यसअघि सञ्चालक समितिले नेपाल इन्भेस्टमेन्ट बैङ्कसँग मर्जर गर्ने निर्णयमा असमती जनाउँदै आएका थिए । अहिले उनकै भाइ प्रचण्डमान अध्यक्ष बन्नुलाई मर्जरसंग जोडेर हेरिएको छ ।

पछिल्लो समय हिमालयन बैङ्कको अध्यक्ष रहेका कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी प्रसाद गौतमलाई हटाई कोषले प्रतिनिधि परिवर्तन गरेको थियो । गौतम एमालेनिकट रहेकाले माओवादी नेता अर्थमन्त्री जनार्दन शर्मा आएपछि बर्खास्त गरेको थियो । गौतमले अल्पकालीन आदेश पाए पनि विभिन्न अवरोध गरेर काम गर्न दिएका छैनन् । कोषको सञ्चालक समितिले हिमालयन बैङ्कको सञ्चालक समितिको अध्यक्ष रहेका गौतमलाई हटाई कोषका अर्का कर्मचारी जितेन्द्र धिताललाई प्रतिनिधि तोकेको थियो ।
सरकारको निर्देशनमा संचय कोषबाट प्रतिनिधि परिवर्तन हुनु, मनोज बहादुरको माओवादी नेतासंग हिमचिम हुनुलाई मर्जर नगराउन सरकारनै लागेको आसंका गरिएको छ । माओवादीसहित गठबन्धन सरकारले यसअघि एमाले सरकारले गरेका नियुक्तिलाई हटाउँदै आएको छ ।