डिजिटल दक्षिणा दिनुहोस्, ग्लोबल आइएमई बैंकबाट पाइन्छ ५० रुपैयाँ क्यासब्याक « Arthapath.com
२९ आश्विन २०७८, शुक्रबार

डिजिटल दक्षिणा दिनुहोस्, ग्लोबल आइएमई बैंकबाट पाइन्छ ५० रुपैयाँ क्यासब्याक



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपालीहरुको महान चाड विजया दशमी २०७८ को अवसरमा डिजिटल कारोवार गर्नेलाई दशैं क्यास ब्याक योजना ल्याएकोे छ ।

यस क्यास ब्याक योजना अन्तर्गत ग्लोबल आइएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशनमार्फत दक्षिणा दिन् असोज २९ गते विजया दशमीका दिन बिहान १० बजेदेखि दिनको १ बजेसम्म “DASHAIN DAKSHINA” लेखी ब्यालेन्स ट्रान्सफर गर्दा रु. ५० क्यासब्याक पाउनुहुनेछ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्