नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा छलाङ, तिन महिनामा ९२ करोड ३७ लाख कमायो « Arthapath.com
१५ कार्तिक २०७८, सोमबार

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा छलाङ, तिन महिनामा ९२ करोड ३७ लाख कमायो



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आबको तिन महिनामा नाफा ४८ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले सोमबार प्राशित गरेको वित्तिय विवरण अनुसार अशोज मसान्तसम्ममा ९२ करोड ३७ लाख नाफा गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएपनि अन्य आन्दानी बढाएर नाफा बढाएको देखिन्छ । बैंकको खुद व्याज आन्दानी २१.७० प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी एक अर्ब ६३ करोडबाट एक अर्ब २७ करोडमा झरेको छ ।

बैंकले पहिलो त्रैमासमा २ प्रतिशतले कर्जा बढाएको छ । बैंकले पहिलो त्रैमासमा एक खर्ब ६० अर्ब कर्जा पुर्याएको छ । स्प्रेड दर ४.१४ बाट २.५९ प्रतिशतमा ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्