एनएमबि बैंकको भिकेवाईसी सेवा सञ्चालन, ब्राण्ड एम्बेस्डरमा अभिनेता पल शाह नियुक्त

काठमाडौं । एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रूपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो । ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नया खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा–अपडेट गर्न सक्दछन् ।
भिकेवाईसीको लागी डिजीटल लिंक यस प्रकार रहेको छ: https://vcc.nmb.com.np
‘एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गरिरहेको छ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्दछन । हालको परिवेशमा पनि यस प्रकारको सेवाले ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोबार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पादै पारदर्शिता, त्रुटिरहित र कागज बिहीन बैंकिङ्ग प्रदान गर्दछ । जुन बैंककी ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले बातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ’, बैकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेता तथा समाजसेवी पल शाह नियुक्त
त्यस्तै, एनएमबि बैकले लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । एनएमबि बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो भने शाह टेलिभिजनको इडिटिङ्ग, म्युजिक भिडियो हुँदै नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको उदयीमान अभिनेता मध्ये एक हुन् । एक प्रेस वक्ततव्य जारी गर्दै बैंकले शाहसंग द्विपक्षीय समझदारी भएको जनाएको छ । शाहसंगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास लिईएको छ ।
एनएमबि बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका प्रस्तुत गर्ने प्रतिबद्धता पल शाहले व्यक्त गर्नु भयो । त्यसैगरी शाहलाई एनएमबि बैंक परिवारमा ब्राण्ड एम्बेसडरको रुपमा अफिसियली स्वागत गर्न पाउँदा बैंक खुशी छ । जसरी शाहले अभिनय संगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन त्यसरीनै एनएमबि बैकले पनि सामाजिक उत्तरदायित्वलाई मुलधारमा राखी कार्य गर्दै आईरहेको छ ।
बैकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ