राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुनेगरि ब्यक्तिगत र संस्थागत खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले बचत खातामा न्यूनतम ४.११ प्रतिशतदेखि अधिकतम ६.५५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । बैंकले मुद्दति निक्षेपको ब्याज न्यूनतम ८.११ प्रतिशत देखि अधिकतम १०.११ प्रतिशतसम्म दिने जनाएको छ ।
बैंकले ब्याजको आधारदरमा अधिकतम ४ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । प्रथम त्रैमाससम्ममा बैंकको ब्याजको आधारदर ५.५१ प्रतिशत कायम गरेको छ ।

