मंसिर महिनाको लागी बढ्यो निक्षेपको ब्याजदर, कुन बैङ्कको कति पुग्यो ? « Arthapath.com
३० कार्तिक २०७८, मंगलवार

मंसिर महिनाको लागी बढ्यो निक्षेपको ब्याजदर, कुन बैङ्कको कति पुग्यो ?



काठमाडौँ । बैङ्कहरूले मङ्सिर महिनाको लागी ब्याजदर बढाएका छन् । वाणिज्य बैङ्कहरूले मङ्सिर महिनाको लागि नयाँ ब्याजदर मङ्गलवार सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले तोकेको सीमाभित्रै बैङ्कहरूले ब्याजदर सार्वजनिक गरेका छन् । 

बैङ्कहरूले अधिकतम १०.०५ प्रतिशत ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैङ्कले आइतबार ब्याजदरसम्बन्धी नयाँ निर्देशन जारी गरेको थियो ।

राष्ट्र बैङ्कले तोकेको सीमाभित्र बैङ्कहरूले ब्याजदर प्रकाशित गरेका छन् । राष्ट्र बैङ्कले अधिकतम ब्याजदरको औसत र न्यूनतम ब्याजदरको औसतमा १० प्रतिशतले मात्र ब्याजदर वृद्धि गर्न निर्देशन दिएको थियो ।

कात्तिक महिनाको लागी राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूको मुद्दती निक्षेपमा ९.३६ प्रतिशतको सीमा तोकेको थियो । 

कुन बैङ्कको कति ब्याजदर ? 
नेपाल एसबिआई, सिभिल, ग्लोबल आइएमई, एभरेस्ट, सेन्चुरी हिमालयन, कुमारी र माछापुच्छ्रे बैङ्कको ब्याजदर १०.०५ रहेको छ । त्यस्तै मेगा बैङ्कको ९.९६ रहेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैङ्कको ९.११ र स्टाडर्ड चाटर्ड बैङ्कको ९.५ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ । त्यस्तै नविल बैङ्क, नेपाल बङ्गलादेश बैङ्क, एनएमबी, एनसिसि, सिद्धार्थ, सनराइज, कृषि विकास, सिटिजन्स, प्रभु नेपाल बैङ्कको १०.०५ प्रतिशत ब्याजदर पुगेको छ ।  


प्रतिक्रिया दिनुहोस्