कामना सेवा विकास बैंकको ३१ हजार कित्ता सेयर बिक्रीमा « Arthapath.com
२० मंसिर २०७८, सोमबार

कामना सेवा विकास बैंकको ३१ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रि गर्ने भएको छ । बैंकले ३१ हजार ७ सय २९ कित्ता संस्थापक सेयर संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

बैंकका संस्थापक शेयरधनी श्रीराम पाण्डेको नाममा रहेको २६ हजार ८ सय ९४ कित्ता र रुपेश थापाको नाममा रहेको ४ हजार ८ सय ३५ कित्ता गरि कुल ३१ हजार ७ सय २९ कित्ता शेयर लिलाम प्रक्रिया मार्फत विक्रिी गर्न लागेको बैंकले एक सुचना जारी गदै जानकारी दिएको छ ।

बैंकको लिलामी शेयरमा सुचना प्रकाशित भएको ३५ दिनभित्र हाल कायम रहेका संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन । प्रतित्तिका ज्ञ सय वा बढि मुल्य अंकित गरिसंस्पक शेयरधनीहरुले बैंकको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा बोलकबोल पेश गर्न सक्नेछन् ।

उक्त शेयरमा ३५ दिनसम्म पनि संस्थापक शेयरधनीहरुबाटआवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्