नारायणी बैंकको १३ करोड १२ लाख रुपैयाँको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ मंसिर २४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।
बैंकले पौष ७ गतेदेखि १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको हो । बैंकले १ सय रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गर्नेछ ।
बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत पुस २७ गतेसम्म आवेदन दिन पाउनेछन् ।