विकास बैंकले १० पैसा र फाइनान्स कम्पनीले ३० पैसा ब्याज बढाए « Arthapath.com
३० पुष २०७८, शुक्रबार

विकास बैंकले १० पैसा र फाइनान्स कम्पनीले ३० पैसा ब्याज बढाए



काठमाडौं । वाणिज्य बैंकहरुले माघ महिनामा ब्याज नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको बैठकले साविकको अवस्थामा रहेको ब्याजदरलाई नै कायम राख्ने निर्णय गरेको हो । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले औपचारिक निर्णय नै गरेपछि बैंकहरुले नयाँ सूचनामा ब्याजदर बढाएका छैनन् ।

बैंकहरुले गत मंसिरयता निक्षेपको ब्याजदर बढाएका छैनन् । तत्काल निक्षेपको ब्याजदर यथास्थितिमा राख्ने निर्णय भएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले बताए । मूल्यबृद्धिमा पनि असर गर्ने भएकाले निक्षेपको बृद्धि हुनेवित्ती कै कष्ट अफ फण्ड बढ्दै जाने उनको भनाई छ ।

यसैलाई नै सस्टेन गरेर मेन्टेन गर्ने सहमति भएको अध्यक्ष उपाध्यायले बताए । उनका अनुसार कर्जाको ब्याज भने राष्ट्र बैंकको दिएको नीतिका आधारमा बैंकको स्प्रेड रेट र बेस रेटका आधारमा बढाउन सक्ने छन् । वाणिज्य बैंकहरुले निक्षेपमा १०.०५ प्रतिशत ब्याज दिईरहेका छन् ।

वाणिज्य बैंकहरुले ब्याजदर यथावत राखेपनि बैंक तथा वित्त कम्पनीहरुले भने ब्याजदर बढाएका छन् । पौषमा ब्याज नबढाएका विकास बैंक र फाइनान्स कम्पनीले माघमा भने बढाएका हुन् । विकास बैंकहरुले निक्षेपमा १० पैँसा ब्याज बढाएका छन् भने फाइनान्स कम्पनीले ३० पैसा बढाएका हुन् । अब विकास बैंकहरुले १०.३५ प्रतिशत र फाइनान्स कम्पनीहरुले १०.६५ प्रतिशत ब्याज दिने भएका छन् ।

विकास बैंकर्स संघ र वित्त कम्पनी संघले निक्षेपको ब्याजदर बढाउने सहमति भएको थियो ।


प्रतिक्रिया दिनुहोस्