सिभिल बैंक खाता ’खल्ती’ मा लिङ्क गर्दा १०० बोनस र स्मार्टफोन पाइने « Arthapath.com
२ माघ २०७८, आईतवार

सिभिल बैंक खाता ’खल्ती’ मा लिङ्क गर्दा १०० बोनस र स्मार्टफोन पाइने



काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ले सिभिल बैंक खाता ‘’खल्ती’’सँग लिङ्क गर्ने प्रयोगकर्ताहरुका लागि १०० बोनस अफर ल्याएको छ छ । साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने छन् ।

उक्त बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ’खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुले मात्र पाउने कम्पनिले जनाएको छ । प्रयोगकर्ताले लिंक गर्न अगाडी केवाईसी भेरिफाइ गराउन पर्नेछ । केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सिभिल बैंक अकाउन्टबाट ’खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिने खल्तीले जनाएको छ ।

एक पटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको भुक्तानी गर्न सहज बनाउँछ । १०० बोनस अफर पौष ३० देखि फागुन १ सम्म लागु हुने छ ।

सिभिल बैंक खाता ’खल्ती’मा कसरी लिङ्क गर्ने ?
’खल्ती’ को होमस्क्रिनमा रहेको ‘Link Bank Account’ मा ट्याप गर्ने
त्यहाँ “लिंक बैंक टु खल्ती“ मा ट्याप गर्ने
सिभिल बैंक छानी बैंक खाता नम्बर हाल्नुहोस् र सब्मिटमा ट्याप गर्ने
जानकारी ठिक छ भने ‘लिंक बैंक’ मा ट्याप गर्ने
आफ्नो मोबाइलमा प्राप्त गर्नुभएको ओटिपी (भेरिफिकेसन कोड) र भेरिफाइमा ट्याप गर्ने
त्यस पशचात ‘’खल्ती’’ बाट बैंक खाता लिंक तुरुन्तै हुनेछ ।


प्रतिक्रिया दिनुहोस्