नेपाल बैंकका सीईओ अधिकारीको तलव साढे ५४ लाख रुपैयाँ, अन्य व्यवस्थापकको ४ करोड ८७ लाख रुपैयाँ « Arthapath.com
३ माघ २०७८, सोमबार

नेपाल बैंकका सीईओ अधिकारीको तलव साढे ५४ लाख रुपैयाँ, अन्य व्यवस्थापकको ४ करोड ८७ लाख रुपैयाँ



काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्ष २०७७–७८ मा कर्मचारी खर्च वापत २ अर्ब ३५ करोड ३४ लाख ५९ हजार ४२४ रुपैयाँ र कार्यालय सञ्चालन खर्च वापत ८१ करोड ३० लाख ७८ हजार ३११ रुपैयाँ गरी जम्मा ३ अर्ब १६ करोड ६५ लाख ३७ हजार ७३५ रुपैयाँ खर्च गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरूलाई बैठक भत्ता बापत प्रतिबैठक ४ हजार रुपैयाँ प्रदान गर्ने गरिएको छ । आर्थिक वर्ष २०७७–७८ मा बैठक भत्ता बापत सञ्चालकहरूलाई १९ लाख ९ हजा ६ सय रुपैयाँ र बैंक व्यवस्थापन तथा विज्ञहरूलाई ७ लाख ४५ हजार २७ रुपैयाँ खर्च भएको बैंकले जनाएको छ ।

सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई बैठक भत्ता बाहेक पत्रपत्रिका खर्च वापत मासिक २ हजार रुपैयाँ र सञ्चार सुविधा बापत बढीमा मासिक ५ हजार रुपैयाँ र एक सेट मोबाईल फोन खरिदका क्रममा भएको बिलको रकम खर्च प्रदान गर्ने गरिएको छ । त्यस्तै, कार्यालयको सवारी साधन प्रयोग नगरेको खण्डमा प्रति बैठक २ रुपैयाँ परिवहन खर्च प्रदान गर्ने गरिएको बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

नेपाल बैंकले गत आर्थिक वर्ष २०७७–७८ मा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीलाई तलब बापत २१ लाख ६० हजार र भत्ता ३२ लाख ८२ हजार ९१६ रुपैयाँ गरी जम्मा ५४ लाख ४२ हजार ९१६ रुपैयाँ रकम भुक्तानी गरिएको छ । बैंकका वरिष्ठ प्रवन्धक तहका कर्मचारीलाई नै कम्पनी सचिवको जिम्मेवारी दिइएको । बैंकका कम्पनी सचिव र अन्य व्यवस्थापनका पदाधिकारीहरूलाई (मुख्य प्रबन्धक तहसम्म) तलब र भत्ता बापत ४ करोड ८७ लाख ५ हजार ४९३ रुपैयाँ भुक्तानी गरिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७६–७७ मा कर्मचारी खर्च वापत २ अर्ब २२ करोड ४८ लाख ४६ हजार ३५८ रुपैयाँ र सञ्चालन खर्च वापत ६६ करोड ८६ लाख ७७ हजार ५६७ रुपैयाँ गरी जम्मा २ अर्ब ८९ करोड ३५ लाख २३ हजार ९२५ रुपैयाँ खर्च भएको बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०७६÷७७ मा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीलाई तलब बापत ३० लाख १३ हजार ६४८ रुपैयाँ र भत्ता १६ लाख ८२ हजार ६५७ रुपैयाँ गरी जम्मा ४६ लाख ९६ हजार ३०६ रुपैयाँ रकम भुक्तानी गरिएको छ । बैंकका कम्पनी सचिव र अन्य व्यवस्थापन पदाधिकारीहरुलाई (मुख्य प्रबन्धक तहसम्म) तलब र भत्ता बापत ५ करोड १० लाख ९५ हजार ६१ रुपैयाँ भुक्तानी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्