प्राइम बैंकको बैंकको खुद ब्याज आम्दानी ५.४५ प्रतिशत घटेर २ अर्ब ७६ करोड, खुद नाफा कति ? « Arthapath.com
७ माघ २०७८, शुक्रबार

प्राइम बैंकको बैंकको खुद ब्याज आम्दानी ५.४५ प्रतिशत घटेर २ अर्ब ७६ करोड, खुद नाफा कति ?



काठमाडौं । प्राइम बैंकको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ७.७३ प्रतिशत घटेर १ अर्ब ६७ करोड ८५ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकलले १ अर्ब ८१ करोड ३३ लाख २९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.४५ प्रतिशत घटेर २ अर्ब ७६ करोड ४२ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ९१ करोड ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्म बैंको चुक्ता पूँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ, जगेडा कोष ५ अर्ब ९५ करोड २२ लाख ९१ हजार रुपैयाँ, निक्षेपा १ खर्ब ५८ अर्ब ९३ करोड ९ लाख ५२ हजार रुपैयाँ र कर्जा १ खर्ब ५४ अर्ब ३९ करोड ४२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी १७.९९ रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात २०.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६.९१ रुपैयाँ छ ।

बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९४.८३ प्रतिशत छ । बैंकको खराब कर्जा अनुपात (एनपीएल) ०.७८ प्रतिशत, बेसरेट ८।९८ प्रतिशत छ । रिर्टन अन इक्विटी (आरओइ) १३.१४ प्रतिशत छ ।


प्रतिक्रिया दिनुहोस्