प्रभु बैंकको प्रतिशेयर आम्दानी १३.८१ रुपैयाँ घट्यो, नाफामा पनि गिरावट « Arthapath.com
७ माघ २०७८, शुक्रबार

प्रभु बैंकको प्रतिशेयर आम्दानी १३.८१ रुपैयाँ घट्यो, नाफामा पनि गिरावट



काठमाडौं । प्रभु बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १६.९० प्रतिशत बढेर १ अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड ८६ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

चालु आर्थिक बर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ४.७८ प्रतिशत बढेर २ अर्ब ८२ करोड ५० लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ६९ करोड ६९ लाख २५ हजार रुपैया खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४६.३७ प्रतिशत घटेर ५३ करोड ६१ लाख ८७ हजार रुपैयाँ र सञ्चालन मुनाफा १२.९९ प्रतिशत घटेर १ अर्ब ८६ करोड ८१ लाख २० हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेर १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ, जगेडा कोष १५.९९ प्रतिशत बढेर ४ अर्ब ८३ करोड ६ लाख ८२ हजार रुपैयाँ, निक्षेप संकलन ०.७६ प्रतिशत घटेर १ खर्ब ६३ अर्ब ५९ करोड ८७ लाख ७८ हजार रुपैयाँ र कर्जा लगानी ५ प्रतिशत बढेर १ खर्ब ४२ अर्ब ३३ करोड २६ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १३.८१ रुपैयाँ घटेर ३९ रुपैयाँ ७२ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ५४ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्