नेपाल एसबीआई बैंकको नाफा ५२.०३ प्रतिशत बढ्यो « Arthapath.com
७ माघ २०७८, शुक्रबार

नेपाल एसबीआई बैंकको नाफा ५२.०३ प्रतिशत बढ्यो



काठमाडौं । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७८ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ५२.०३ प्रतितश बढी हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ५१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको थियो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

६ महिनाको अवधिमा बैंकको सञ्चालन नाफा ७३ करोड ३१ लाख रुपैयाँबाट बढेर १ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । पौष मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९८ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा घटेर ०.१४ प्रतिशत मा झरेको छ । कस्ट अफ फन्ड ५.५४ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४९ पैसा र प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ०८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्