प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा सिभिल बैंकको, रकमका आधारमा ग्लोबल आइएमईको २ अर्ब ६६ करोड रुपैयाँ « Arthapath.com
७ माघ २०७८, शुक्रबार

प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा सिभिल बैंकको, रकमका आधारमा ग्लोबल आइएमईको २ अर्ब ६६ करोड रुपैयाँ



काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सर्वाजनिक गरेका छन् । हालसम्म २३ वटा वाणिज्य बैंकले चालु आर्थिक बर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल बैंक, एनएमबि, हिमालयन र सनराइज बैंकले विवरण सार्वजनिक गर्न बाँकी नै छ । जसमा वाणिज्य बैंकहरुको नाफा ११ प्रतिशतले बढेको छ ।

हालसम्म वित्तीय विवरण सर्वाजनिक गर्ने बैंकको नाफा हेर्ने हो भने २३ बैंकको कुल २९ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा खुद नाफा २६ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । गत आर्थिक बर्षको भन्दा चालु आवको यस अवधिमा बैंकको खुद नाफा २ अर्ब ९४ करोड ३० लाख रुपैयाँले बढेको हो ।

प्रतिशतका आधारमा हेर्ने हो भने सबैभन्दा धेरै नाफा सिभिल बैंकले १४८.४७ प्रतिशत, दोस्रोमा सिद्धार्थ बैंक ७१.६८ प्रतिशत, तेस्रोमा सेञ्चुरी बैंकले ५४.७७ प्रतिशत र चौथौंमा नेपाल एसबीआइ बैंकले ५२.०४ प्रतिशत बढी नाफा आर्जन गरेका छन् ।

त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४९.३६ प्रतिशत, एनसीसी बैंकको ४६.६७ प्रतिशत, सिटिजन्स बैंकको ४१.६१ प्रतिशत, माछापुच्छ्रे बैंकको २५.९२ प्रतिशत, एनआइसी एसिया बैंकको १६.४७ प्रतिशत र ग्लोबल आइएमइ बैंकको १५.०४ प्रतिशत नाफा बढेको छ । विभिन्न चार बैंकको नाफा भने घटेको छ । जसमा प्राइम, नेपाल बंगलादेश बैंक, प्रभु र कुमारी बैंकको नाफा घटेको हो ।

तर सर्वाधिक नाफा आर्जन गर्ने बैंकमा ग्लोबल आइएमई बैंक एक नम्बरमा छ । ग्लोबल आइएमई बैंकले वाणिज्य बैंकहरुमा नै धेरै २ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको हो । दोस्रो एनआइसी एसिया बैंकले २ अर्ब ४० करोड रुपैयाँ र तेस्रोमा नबिल बैंकले २ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ९१ करोड, प्राइम बैंकको १ अर्ब ६७ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको १ अर्ब ६२ करोड, सिद्धार्थ बैंकको १ अर्ब ५७ करोड रुपैयाँ नाफा बढेको छ ।


प्रतिक्रिया दिनुहोस्