यसकारण रद्द भयो एनआईसी एशिया बैंकको लाभांश « Arthapath.com
१० माघ २०७८, सोमबार

यसकारण रद्द भयो एनआईसी एशिया बैंकको लाभांश



काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकको लाभांश रद्द गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति नपाएपछि बैंकले प्रस्ताव गरेको १५.७८९ प्रतिशत लाभांश रद्द गरेको हो । माघ ९ गते राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकको क्यापिटल कर्जभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै प्रस्तावित लाभांश अस्वीकृत गरेको हो । योसँगै बैंकले गत आर्थिक बर्षको लाभांश रद्द गरेको हो ।

बैंकले गत कात्र्तिक ८ गते १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । जसले गर्दा बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लाभांश नपाउने भएका हुन् । बैंकले यस निर्णयबाट सेयरधनी लगायत सम्पूर्ण सरोकारवालाहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत बैंकले गरेको छ ।

क्यापिटल कर्जभेसन बफरलाई पूँजी संरक्षण बफर भनिन्छ । जसले बैंकको पूँजी संरक्षण गर्दछ । बैंकको क्यापिटल कन्र्जभेसन बफर तोकिएभन्दा कम हुँदा यो लागू हुन्छ । जसले गर्दा बैंकले गर्नसक्ने लाभांश र बोनको भुक्तानीमा रोक लगाईन्छ । नेपाली वाणिज्य बैंकहरूले सन् २०१५ देखि १ प्रतिशत कायम गर्नुपर्ने गरी कार्यान्वयन गरिएको यो बफरको अनुपात अहिले २.५ प्रतिशत पुगिसकेको छ । यो बफरको प्रावधानले वित्तीय अवस्थालाई संकटबाट जोगाउन मद्दत गर्छ ।

उपरोक्त सम्बन्धमा मिति २०७८–०७–०८ मा सम्पन्न यस बैंकको संचालक समितिको ५११ औं बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात् वितरण गर्ने गरी आ.व. २०७७/७८ को लागि चुक्ता पूजीको १५.७८९४७ प्रतिशतका दरले हुन आउने रकम १ अर्ब ८२ करोड ५८ लाख ९५ हजार ५८४ रुपैयाँ लाभाश वितरण गर्न तथा सो मध्ये १५ प्रतिशतका दरले हुन आउने रकम १ अर्ब ७३ करोड ४६ लाख ८०५ रुपैयाँ मात्र बराबरको बोनस शेयर वितरण गर्ने र ०७८९४७ प्रतिशतका दरले हुन आउने रकम रु ९ करोड १२ लाख ९४ हजार ७७९ रुपैयाँ नगद लाभांश (लाभाश कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेकोमा मिति २०७८–१०–०९ मा नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागबाट बैंकको Capital Conservation Buffer पर्याप्त नदेखिएको जनाउदै लाभांश घोषणा तथा वितरण सम्बन्धी प्रस्ताव स्वीकृत नभएको जानकारी प्राप्त भएकोले मिति २०७८–०७–०८ मा सम्पन्न यस बैंकको संचालक समितिको ५११ औं बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात् वितरण गर्ने गरी आ.व २०७७ ७८ को लागि प्रस्ताव गरेको उपरोक्तानुसारको लाभाश सम्बन्धी निर्णयलाई रद्द गरेको व्यहोरा जानकारीको लागि सादर अनुरोध छ । यस निर्णयबाट बैंकको आदरणीय शेयरधनी महानुभावहरु लगायत सम्पूर्ण सरोकारवालाहरुलाई पर्न गरेको असुविधा प्रति बैंक क्षमाप्रार्थि छ ।


प्रतिक्रिया दिनुहोस्