एक नम्बर बन्न नबिल, ग्लोबल आइएमई र एनआईसी एशिया बैंक आक्रामक बन्दै ! « Arthapath.com
११ माघ २०७८, मंगलवार

एक नम्बर बन्न नबिल, ग्लोबल आइएमई र एनआईसी एशिया बैंक आक्रामक बन्दै !



काठमाडौं । नबिल, ग्लोबल र एनआईसी एशिया बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वाणिज्य बैंकमा यी ३ बैंकहरुबीच ब्यापक प्रतिस्पर्धा छ । आफूलाई एक नम्बरको बैंक बनाउनको लागि यी ३ बैंकबीच प्रतिस्पर्धा भईरहेको छ । अन्य बैंकहरु पनि प्रतिस्पर्धामा छन् तर पनि यी ३ बैंकबीच हुने प्रतिस्पर्धालाई सबैले चासको रुपमा लिईरहेका हुन्छन् ।

नाफा
६ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक नै अग्रस्थानमा रहेको छ । ग्लोबल आइएमई बैंकले २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ, एनआईसी एशिया बैंक २ अर्ब ४० करोड २० लाख ६६ हजार रुपैयाँ र नबिल बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

खुद ब्याज आम्दानी
चालु आवको पौष मसान्तसम्ममा खुद ब्याज आम्दानी बढी गर्नेमा एनआईसी एशिया बैंक नै अगाडी रहेको छ । एनआईसी एशिया बैंकले ५ अर्ब २४ करोड १६ लाख ७२ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकले ४ अर्ब ७९ करोड ५२ लाख ३७ हजार रुपैयाँ र नबिल बैंकले ४ अर्ब २१ करोड ९६ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

चुक्ता पूँजी
चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ, नबिल बैंकको चुक्ता पूँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ छ ।

जगेडा कोष
दोस्रो त्रैमासमा एनआईसी एशिया बैंकको जगेडा कोष ८ अर्ब ७६ करोड ७९ लाख ९१ हजार रुपैयाँ, नबिल बैंकको जगेडा कोष १४ अर्ब ६२ करोड ६४ लाख ८४ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको जगेडा कोष ९ अर्ब २१ करोड ५६ लाख ९६ हजार रुपैयाँको रहेको छ ।

निक्षेप संकलन
निक्षेप संकलनमा तीन बैंकमध्ये एनआईसी एशिया बैंक अगाडी रहेको छ । एनआईसी एशिया बैंकले २ खर्ब ९४ अर्ब ९४ करोड ८ लाख ७२ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकले २ खर्ब ७१ अर्ब ९० करोड १६ लाख ११ हजार रुपैयाँ र नबिल बैंकले २ खर्ब ३२ अर्ब ५५ करोड ४७ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कर्जा प्रवाह
चालु आर्थिक बर्षको ५ महिनामा कर्जा लगानीका हिसावले एनआईसी एशिया बैंक नै अगाडि रहेको छ । एनआईसी एशिया बैंकले २ खर्ब ६१ अर्ब ९२ करोड ३० लाख ३३ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकले २ खर्ब ५६ अर्ब ४२ करोड ५४ लाख ६६ हजार रुपैयाँ र नबिल बैंकले २ खर्ब १५ अर्ब २० करोड ६१ लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

सञ्चालन मुनाफा
सञ्चालन मुनाफा बढी आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक अगाडी रहेको छ । ग्लोबल आइएमई बैंकले ३ अर्ब ६७ करोड ६९ लाख १४ हजार रुपैयाँ, एनआईसी एशिया बैंकले ३ अर्ब ४२ करोड ५ लाख ५५ हजार रुपैयाँ र नबिल बैंकको ३ अर्ब ११ करोड ५३ लाख ८९ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

वितरणयोग्य मुनाफा
नबिल बैंकको १ अर्ब ४५ करोड ८ लाख ६० हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ८५ करोड ९३ लाख ९० हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको १ अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ ।

प्रतिशेयर आम्दानी
प्रतिशेयर आम्दानी आम्दानीमा एनआईसी एशिया बैंक अगाडी हरकेोछ । एनआईसी एशिया बैंकको ४१ रुपैयाँ ४३ पैसा, नबिल बैंकको २३ रुपैयाँ ५९ पैसा र ग्लोबल आइएमई बैंकको २२ रुपैयाँ ३९ पैसा प्रतिशेयर आम्दानी रहेको छ ।

प्रति शेयर नेटवर्थ
प्रतिशेयर नेटवर्थमा पनि एनआईसी एशिया बैंक अगाडि रहेको छ । एनआईसी एशिया बैंकको १९९ रुपैयाँ ८९ पैसा, नबिल बैंकको १८४ रुपैयाँ २८ पैसा र ग्लोबल आइएमई बैंकको १४४ रुपैयाँ ९७ पैसा प्रतिशेयर नेटवर्थ रहेको छ ।

खराब कर्जा
ग्लोबल आइएमई बैंकको खराब कर्जा धेरै रहेको छ । ग्लोबल आइएमई बैंकको १.१३ प्रतिशत, नबिल बैंकको १.११ प्रतिशत र एनआईसी एशिया बैंकको ०.४७ प्रतिशत खराब कर्जा रहेको छ ।

नेट फि तथा कमिशन आम्दानी
ग्लोबल आइएमई बैंकको ९१ करोड १६ लाख ५९ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ८५ करोड ६३ लाख ५४ हजार रुपैयाँ र नबिल बैंकको ८१ करोड ७५ लाख २१ हजार रुपैयाँ नेट फि तथा कमिशन आम्दानी रहेको छ ।

कूल सञ्चालन आय
ग्लोबल आइएमई बैंकको ६ अर्ब ४४ करोड १७ लाख ७९ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ६ अर्ब ४७ करोड ८८ लाख ९४ हजार रुपैयाँ र नबिल बैंकको ५ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ कूल सञ्चालन आय रहेको छ ।

पिई रेसियो
नबिल बैंकको मूल्य आम्दानी अनुपात ४७.०६ गुणा, एनआईसी एशिया बैंकको मूल्य आम्दानी अनुपात २१.२५ गुणा र ग्लोबल आइएमई बैंकको मूल्य आम्दानी अनुपात १४.५६ गुणा रहेको छ ।

ग्लोबल आइएमई बैंकको कस्ट अफ फण्ड ६.१६ प्रतिशत, क्रेडिट एण्ड डिपोजिट रेसियो ९०.७३ प्रतिशत, बेस रेट ७.९९ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रीड ३.५२ प्रतिशत रहेको छ । त्यस्तै, एनआईसी एशिया बैंकको कस्ट अफ फण्ड ७.०६ प्रतिशत, क्रेडिट एण्ड डिपोजिट रेसियो ८६.६८ प्रतिशत, बेस रेट ९.४४ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रीड ३.६१ प्रतिशत रहेको छ । त्यस्तै, नबिल बैंकको कस्ट अफ फण्ड ६.०३ प्रतिशत, क्रेडिट एण्ड डिपोजिट रेसियो ८९.४९ प्रतिशत, बेस रेट ७.३९ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रीड ३.४४ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्