ग्रीन डेभलपमेन्ट बैंकको नाफासँगै इपीएस पनि घट्यो « Arthapath.com
११ माघ २०७८, मंगलवार

ग्रीन डेभलपमेन्ट बैंकको नाफासँगै इपीएस पनि घट्यो



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३८.६९ प्रतिशत घटेर १८ लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ , गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २९ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४४.७७ प्रतिशत बढेर ५ करोड ६४ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ करोड ९० लाख २५ हजार रुपैयाँ खुद ब्याज आमदानी गरेको थियो ।

समिक्षा अवधिमा बैंकको सञ्चालन ५०.४७ प्रतिशत घटेर २५ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा ५२ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

बैंकको वितरणयोग्य मुनाफा ३८.६९ प्रतिशत घटेर १८ लाख ५ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक बर्षको ६ महिनामा बैंकको चुक्ता पूँजी ५१ करोड ९० लाख रुपैयाँ, जगेडा कोष १५.४४ प्रतिशत बढेर २ करोड ९० लाख ९७ हजार रुपैयाँ, निक्षेप १२.४३ प्रतिशत बढेर २ अर्ब ८ करोड ३८ लाख २९ हजार रुपैयाँ र कर्जा २०.३९ प्रतिशत बढेर २ अर्ब २३ करोड २९ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

पौष मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४८ पैसा घटेर ७ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ १८ पैसा रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्