माघ शुरु भएपछि १३ अर्ब निक्षेप गायब, सीडी रेसियो ९०.४३ प्रतिशत « Arthapath.com
११ माघ २०७८, मंगलवार

माघ शुरु भएपछि १३ अर्ब निक्षेप गायब, सीडी रेसियो ९०.४३ प्रतिशत



काठमाडौं । माघ महिना शुरु भएपछि बैंकहरुमा निक्षेप संकलन घटेको छ । याजदर बढाउँदा पनि निक्षेप खासै नबढेको भन्दै ब्याजर स्थिर राखेका थिए । पौष महिनामा निक्षेप संकलन बढेपनि माघ शुरु भएपछि निक्षेप पुन घट्न थालेको हो । पौष महिनामा ८७ अर्ब रुपैयाँ निक्षेप बढाएका थिए भने ५९ अर्ब रुपैयाँ र्जा परिचालन गरेका थिए ।

एक सातामा वाणिज्य बैंकहरुमा १३ अर्ब रुपैयाँ निक्षेप संकलन घटेको छ । पौष मसान्तसम्ममा ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंहरुले माघ ७ गतेसम्म आईपुग्दा १३ अर्ब रुपैयाँ निक्षेप संकलन घटेर४३ खर्ब ११ अर्ब रुपैयाँमा सिमित भएका हुन् ।

एक सातामा वाणिज्य बैंकहरुले १ अर्ब रुपैयाँ मात्रै कर्जा परिचालन गरेका छन् । पौष ३० गतेसम्म ४१ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका वाणिज्य बैंकहरुले १ अर्ब रुपैयाँ बढेर ४१ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ९०.४३ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्