महालक्ष्मी विकास बैंकद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न « Arthapath.com
११ माघ २०७८, मंगलवार

महालक्ष्मी विकास बैंकद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न



काठमाडौ । महालक्ष्मी विकास बैंकले वुक्षारोपण कार्यक्रम समपन्न गरेको छ । “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गदआएको बैंकले सोही कार्यलाई निरन्तरता दिदै तिनचुली शाखाले एक विशेष कार्यक्रमका बिच स्पोट स्पेशल क्लवको आयोजनामा काठमाडौं महानगरपालीका वडा नं. ६ तिनचुली ̵ आरुबारी सडक खण्डमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

काठमान्डौ उपत्यकाको खाली ठाउँहरुमा वृक्षारोपणका साथै वोटबिरुवाको संरक्षण गर्नाले प्राकृतीक संन्तुलन तथा शहरी सुन्दरता पनि बढ्ने बताउदै महालक्ष्मी विकास बैंकले प्रकृति संरक्षणका कार्यहरु गरिरहेकोमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिव थापाले धन्यवाद ज्ञापन गरेका छन् । सोही कार्यक्रममा बोल्दै तिनचुली शाखाका शाखा प्रवन्धक शेखर श्रेष्ठले वृक्षारोपण कार्यक्रम सफल पार्न स्थानिय निकायले गरेको सहयोगको सराहना गर्दै आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु बैंकले अझै प्रभावकारी रुपमा संचालन बताए ।

महाक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा दिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्