एनआईसी एशिया बैंकको सबैभन्दा धेरै ईपीएस, ११ बैंकको ईपीएस बढ्दा सिद्धार्थ बैंकले धेरै बृद्धि गर्याे « Arthapath.com
१३ माघ २०७८, बिहीबार

एनआईसी एशिया बैंकको सबैभन्दा धेरै ईपीएस, ११ बैंकको ईपीएस बढ्दा सिद्धार्थ बैंकले धेरै बृद्धि गर्याे



काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा वाणिज्य बैंकहरुको औषत प्रतिशेयर आम्दानी (ईपीएस) १९.०५ रुपैयाँ रहेको छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार २७ वटा वाणिज्य बैंकको प्रतिशेयर आम्दानी औषतमा १९.०५ रुपैयाँ हुन आउँछ । गत आर्थिक बर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी औषतमा १९ रुपैयाँ ४२ पैसा रहेको थियो ।

समिक्षा अवधिमा ११ बैंकको ईपीएस बढेको छ भने बाँकी १६ वटा बैंकको ईपीएस घटेको छ । एनआईसी एशिया, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, मेगा बैंक, नेपाल एसबिआई बैंक, एनसीसी बैंक, सेञ्चुरी बैंक र सिभिल बैंकको ईपीएस बढाएका छन् ।

समीक्षा अवधिमा एनआईसी एशियाको सबैभन्दा बढी ४१ रुपैयाँ ४३ पैसा प्रतिशेयर आमदानी रहेको छ भने सबैभन्दा कम हिमालयन बैंकको ११ रुपैयाँ ४७ पैसा प्रतिशेयर आम्दानी रहेको छ ।

त्यस्तै, सिद्धार्थ बैंकले प्रतिशेयर आम्दानी सबैभन्दा बढी १० रुपैयाँ ४१ पैसा बढेर २५ रुपैयाँ १२ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७१ पैसा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्