नेपाल बैंकले संचालनमा ल्यायो गैर–आवासीय नेपालीहरुलाई एनआरएन निक्षेप खाताहरु « Arthapath.com
१४ माघ २०७८, शुक्रबार

नेपाल बैंकले संचालनमा ल्यायो गैर–आवासीय नेपालीहरुलाई एनआरएन निक्षेप खाताहरु



काठमाडौं । नेपाल बैंक लिमिटेडले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरि आकर्षक सुविधाहरु सहितका एनआरएन निक्षेप खाताहरु संचालनमा ल्याएको छ । विदेशमा वस्ने गैर–आवासीय नेपालीहरुले अव अनलाइनबटै नेपाल बैंक लि. मा बिदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् । अमेरिकी डलर, पाउण्ड ईस्टर्लिङ र अष्टेलियन डलरमा नेपाल बैंक लिमिटेडमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम व्याज दिने बैंकले जनाएको छ ।

अमेरिकी डलरमा बचत तथा मुद्दती खाता खोल्दा बार्षिक व्याजदर क्रमश ४.५ प्रतिशत र छ प्रतिशत दिने बैंकले जनाएको छ भने अन्य विदेशि मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने बैंकले जनाएको छ । बचत तथा मुद्दती खाता दुबैमा न्युनतम मौज्दात अमेरिक डलर ५००० वा सो वरावरको अन्य विदेश मुद्रा हुनुपर्ने छ ।

एनआरएन खाता गैर–आवासीय नेपाली तथा गैर आवासीय नेपालीबाट प्रबद्र्घित विदेश स्थित संस्थाको नाममा र गैर–आवासीय नेपालीको नाममा संयुक्त रुपमा पनि खाता खोल्न सकिने बैंकले जनाएको ५ । यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ साथै बैकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिने समेत बंैकले जनाएको छ भने मुद्दती खाता कम्तिमा १ बर्ष वा सो भन्दा बढि अवधिको लागि खोल्न सकिने छ ।

नेपाल अधिराज्यभर २१३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टर माफैत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगा८ि बढिरहेको छ ।

विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जो८ दिई युवा जनशक्ति मार्फत नेपाल अधिराज्य बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

विदेशमा रहेका नेपालीहरुको समेत अत्यन्त आकर्षण र विश्वास रहेको नेपाल बैंक लि.ले संचालनमा ल्याएका नयाँ एनआरएन निक्षेप योजनाले गैर आवासीय नेपालीहरुलाई अनलाइनबाट नै सहज रुपमा नेपालमा बचत गर्ने अवसर प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्