कुल आन्तरिक कर्जा ८.२ प्रतिशतले वृद्धि « Arthapath.com
२६ माघ २०७८, बुधबार

कुल आन्तरिक कर्जा ८.२ प्रतिशतले वृद्धि



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा कुल आन्तरिक कर्जा ८.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गर्दा कुल आन्तरिक कर्जा ८.२ प्रतिशतले बढेको प्रस्तुत गरेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ८.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ पुस मसान्तमा यस्तो कर्जा २६.६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ११ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ पुस मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २७.४ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्