साना किसान लघुवित्तले कमायाे ६ महिनामा ३२ कराेड, वितरणयोग्य नाफा १९ करोड ७२ लाख « Arthapath.com
२७ माघ २०७८, बिहीबार

साना किसान लघुवित्तले कमायाे ६ महिनामा ३२ कराेड, वितरणयोग्य नाफा १९ करोड ७२ लाख



काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २.७८ प्रतिशत बढेर ३२ करोड ३८ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३१ करोड ५० लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी २.३० प्रतिशत बढेर ६१ करोड ८३ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६० करोड ४४ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा २.४२ प्रतिशत बढेर ४६ करोड १५ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४५ करोड ६ लाख ६२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी २५.१२ प्रतिशत बढेर १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ, जगेडा कोष २०.०४ प्रतिशत बढेर १ अर्ब ४५ करोड ७५ लाख १५ हजार रुपैयाँ, कर्जा लगानी ३०.६३ प्रतिशत बढेर २६ अर्ब ७६ करोड ५ लाख ५८ हजार रुपैयाँ र सापटि रकम २६.७७ प्रतिशत बढेर १४ अर्ब ७४ करोड ५७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । लघुवित्तले निक्षेपको विवरण भने देखाएको छैन् ।

लघुवित्तको वितरणयोग्य नाफा १९ करोड ७२ लाख ५० रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २४ पैसा घटेर ४१ रुपैयाँ ५४ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ५० रुपैयाँ ७८ पैसा रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ २४५ रुपैयाँ ५२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.६२ गुणा रहेको छ । लघुवित्तको खराब कर्जा ०.६० प्रतिशत र कस्ट अफ फण्ड ३.३८ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्