उन्नति सहकार्य लघुवित्तको नाफा ४१.९२ प्रतिशत घटेसँगै ईपीएस पनि ३२.०३ रुपैयाँ घट्यो « Artha Path
१ फाल्गुन २०७८, आईतवार

उन्नति सहकार्य लघुवित्तको नाफा ४१.९२ प्रतिशत घटेसँगै ईपीएस पनि ३२.०३ रुपैयाँ घट्यो



काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४१.९२ प्रतिशत घटेर २ करोड ७४ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ७२ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी १८.२३ प्रतिशत बढेर १२ करोड १५ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ६६ लाख ५७ हजार खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ३४.६७ प्रतिशत घटेर ४ करोड ३५ लाख ४९ हजार रुपैयाँ अर्जान गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ६६ लाख ५७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी १७.८१ प्रतिशत बढेर १७ करोड ६१ लाख ६९ हजार रुपैयाँ, जगेडा कोष ५.८४ प्रतिशत बढेर १३ करोड १४ लाख १२ हजार रुपैयाँ, निक्षेप ९.३३ प्रतिशत बढेर ९७ करोड ५० लाख ६१ हजार रुपैयाँ, कर्जा लगानी १९.७६ प्रतिशत बढेर ३ अर्ब २१ करोड ८३ लाख ११ हजार रुपैयाँ र सापटि रकम ११.७० प्रतिशत बढेर २ अर्ब २२ करोड ४१ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ३ पैसा घटेर ३१ रुपैयाँ १५ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आमदानी ६३ रुपैयाँ १८ पैसा रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५३.९३ गुणा रहेको छ । लघुवित्तको कस्ट अफ फण्ड ७.७५ प्रतिशत, खराब कर्जा ५.८४ प्रतिशत र तरलता अनुपात ८.२५ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्