समिक्षा अवधिमा लघुवित्तको पूँजी कोष सन्तोषजनक, चुक्ता पूँजी १६.५७ प्रतिशत बढ्यो « Arthapath.com
२२ फाल्गुन २०७८, आईतवार

समिक्षा अवधिमा लघुवित्तको पूँजी कोष सन्तोषजनक, चुक्ता पूँजी १६.५७ प्रतिशत बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको पूँजी कोष सन्तोषजनक रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन अनुसार पौष मसान्तसम्म लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पूँजी ११.२८ प्रतिशत र पूँजी कोष १२.४३ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन–२०७८ को निर्देशन अनुसार लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्युनतम प्राथमिक पूँजी र पूँजी कोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।

२०७८ पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पूँजी र पूँजी कोष क्रमशः ११.२८ प्रतिशत र १२.४३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पूँजी २०७८ असार मसान्तको तुलनामा १६.५७ प्रतिशतले र जोखिम भारित सम्पति १५.६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पूँजी र जोखिम भारित सम्पत्ति क्रमशः ८.२६ प्रतिशत र २१.९५ प्रतिशतले बढेको थियो ।


प्रतिक्रिया दिनुहोस्