सिटिजन्स बैंकको वार्षिकोत्सवको अवसरमा छुटै छुट « Arthapath.com
२ चैत्र २०७८, बुधबार

सिटिजन्स बैंकको वार्षिकोत्सवको अवसरमा छुटै छुट



काठमाडौं । डिजिटल बैंकिङ्गलाई सधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।

वैशाख ७ गतेको १५ औ वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले चैत्र ७ गतेदेखि वैशाख ७ गतेसम्म १ महिनाको लागि लागू हुनेगरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक लगायतका योजनाहरु सार्बजनिक गरेको हो ।

सो योजना अन्तर्गत डेविट–क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पीओएस मेसिन र अनलाईन मार्पmत १ हजार रुपैयाँ वा बढीको कारोबार गर्दा एक मुष्ठ २ सय रुपैयाँ क्यासब्याक प्रदान गर्नेछ ।

यसैगरी पहिलो पटक क्यूआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि १ सय रुपैयाँको क्यासब्याक प्रदान गरिने व्यवस्था गरिएको छ । डिजिटल भुक्तानीको अर्को माध्ययम इकम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इकम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ ।

त्यस्तै, ५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजार रुपैयाँ सम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निःशुल्क डेविट कार्ड, मोबाइल–इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको एटिएमबाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था समेत गरेको छ ।

ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै Kiosk सेवाको सुरुवात गरेको छ । Kiosk मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् ।

साथसाथै यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा [email protected] मा ईमेल गरी प्राप्त गर्न सकिन्छ । बैंकले १७४ वटा शाखा, १२३ वटा एटिएम र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्