राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले बैशाख १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार विभिन्न बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ ।
त्यस्तै, बैंकले मुद्दति निक्षेपमा न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशत ब्याज प्रदान गर्ने छ । यता बैंकले रेमिट्यान्स मुद्दती निक्षेप खातामा १२.०३ प्रतिशत ब्याज दिने छ ।
