सेञ्चुरी बैंकको सीईओमा न्यौपाने नियुक्त « Arthapath.com
३० चैत्र २०७८, बुधबार

सेञ्चुरी बैंकको सीईओमा न्यौपाने नियुक्त



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले न्यौपानेलाई सीईओमा नियुक्त गरेको हो ।

यसअघि उनी सेञ्चुरी कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा काम गरिरहेका थिए । गत असारदेखि मनोज न्यौपानेले कामु सीईओको जिम्मेवारी सम्हाली रहेका थिए । त्यसअघि उनी नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

गत असार २० गते बैंकका पूवै सीईओ तुलसीराम गौतमले दिएको राजीनामा दिएका थिए । सोहीदिनदेखि न्यौपानेलाई कामु सीईओको जिम्मेवारी दिएको थियो ।

काठमाण्डौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका उनले बैंकिंङ्ग क्षेत्रमा २ दशकभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।


प्रतिक्रिया दिनुहोस्