जानकी फाइनान्सको छलाङ, नाफा २५५.६७ प्रतिशत बढ्दा अन्य सूचक कस्ता छ्न ? « Arthapath.com
१३ बैशाख २०७९, मंगलवार

जानकी फाइनान्सको छलाङ, नाफा २५५.६७ प्रतिशत बढ्दा अन्य सूचक कस्ता छ्न ?



काठमाडौं । जानकी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २५५.६७ प्रतिशत बढेर ५ करोड २४ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले १ करोड ४७ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा फाइनान्सको खुद ब्याज आम्दानी ६६.२२ प्रतिशत बढेर १४ कोड ७८ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले ८ करोड ८९ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा फाइनान्सको सञ्चालन नाफा २४५.३५ प्रतिशत बढेर ६ करोड ६४ लाख १४ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी १५ प्रतिशत बढेर ६९ करोड ४ लाख ७२ हजार रुपैयाँ, जगेडा कोष ८.४० प्रतिशत बढेर २० करोड ५१ लाख ७ हजार रुपैयाँ, निक्षेप संकलन ३.३९ प्रतिशत बढेर ३ अर्ब ७ करोड ५८ लाख ३९ हजार रुपैयाँ र कर्जा २४.६५ प्रतिशत बढेर २ अर्ब ८७ करोड १९ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी १० रुपैयाँ १३ पैसा रहेको छ । फाइनान्सको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ६९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.१२ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्