अर्थतन्त्र पुनरूत्थान र बाह्य क्षेत्रमा परेको दबाब व्यवस्थापनमा राष्ट्र बैंकको प्रयास (पूर्णपाठ) « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

अर्थतन्त्र पुनरूत्थान र बाह्य क्षेत्रमा परेको दबाब व्यवस्थापनमा राष्ट्र बैंकको प्रयास (पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको सल्ला अनुसार सरकारले विभिन्न बस्तुहरुको आयातमा रोक लगाएको बताएका छन् । बुधबार राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकको सल्लाहमा नै आयातमा रोक लगाईएको बताएका हुन् ।

गभर्नर अधिकारीले कोभिडको असर कम भएसँगै अर्थतन्त्र सुधारको अवस्थामा रहेको बताए । देशको बाह्य क्षेत्र केही दबाबमा रहेको हुँदा समाधान गर्न नीतिगत पहल भइरहेको र विदेशी विनिमय सञ्चितिको दबाब कम गर्ने पहल भइरहेको उनले बताए ।

गभर्नर अधिकारीले राष्ट्र बैंकले सरकारबाट जारी गरिएका नीति कार्यान्वयन गर्ने बताए । कोभिड–१९ को संक्रमण अझै केही मात्रामा कायमै रहेकाले संक्रमणको थप लहरको सम्भावना पनि आउन सक्ने भएकाले सचेत रहन आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्