मेरोमाइक्रोफाइनान्स लघुवित्तको अधिकांश सूचकमा सुधार, नाफा ३४ करोड रुपैयाँ आर्जन गर्दा अन्य सूचक कस्ता छन् ? « Arthapath.com
१५ बैशाख २०७९, बिहीबार

मेरोमाइक्रोफाइनान्स लघुवित्तको अधिकांश सूचकमा सुधार, नाफा ३४ करोड रुपैयाँ आर्जन गर्दा अन्य सूचक कस्ता छन् ?



काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा १५.१९ प्रतिशत बढेर ३४ करोड १५ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २९ करोड ६५ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ४१.५९ प्रतिशत बढेर ८० करोड ९१ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ५७ करोड १४ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा १५.९० प्रतिशत बढेर ५४ करोड १० लाख ३४ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेर १ अर्ब २० करोड रुपैयाँ, जगेडा कोष ५०.९७ प्रतिशत बढेर ७२ करोड ४९ लाख १२ हजार रुपैयाँ, सापटि रकम १०.१६ प्रतिशत बढेर १० अर्ब ९९ करोड ७६ लाख १४ हजार रुपैयाँ, निक्षेप संकलन ३२.३१ प्रतिशत बढेर ३ अर्ब १७ करोड ४३ लाख ९४ हजार रुपैयाँ र कर्जा २५.०३ प्रतिशत बढेर १६ अर्ब २४ करोड २३ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६९ प्रसा घटेर ३७ रुपैयाँ ९५ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १६०.४१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २५.९० गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्