मिर्मिरे लघुवित्तको नाफा १८.६४ प्रतिशत सहित यी सूचक बढे « Arthapath.com
१५ बैशाख २०७९, बिहीबार

मिर्मिरे लघुवित्तको नाफा १८.६४ प्रतिशत सहित यी सूचक बढे



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १८.६४ प्रतिशत बढेर १७ करोड ४९ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १४ करोड ७५ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ४५.०१ प्रतिशत बढेर ४१ करोड ५४ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २९ करोड ३४ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा २७.२७ प्रतिशत बढेर २७ करोड ७७ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३०.९७ प्रतिशत बढेर ५२ करोड २० लाख ८५ हजार रुपैयाँ, जगेडा कोष ६४.०७ प्रतिशत बढेर ४२ करोड ४ लाख ८० हजार रुपैयाँ, सापटि रकम ३१.५१ प्रतिशत बढेर ५ अर्ब ५५ करोड ५५ हजार रुपैयाँ, निक्षेप ३५.७८ प्रतिशत बढेर २ अर्ब ५४ करोड ८३ लाख ३१ हजार रुपैयाँ र कर्जा ३४.४५ प्रतिशत बढेर ८ अर्ब ७४ करोड ५२ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९६ पैसाल घटेर ४४ रुपैयाँ ६९ पैसामा सिमित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ५४ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्